ड्युटीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण, हवल्दार गम्भीर घाइते

ड्युटीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण, हवल्दार गम्भीर घाइते

kutpit-jhagada

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा डियुटिमा खटिएका प्रहरी टोलीमाथि आक्रमण भएको छ। शनिबार राति सवारी साधन चेकजाँच गर्ने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्।

स्थानीयसँग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । राति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा चेकिङ भइरहेको बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयको आक्रमणबाट ट्रफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनापछि त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन भइरहेको छ । आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds