सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित अदालत पेश गरिएका सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा निरन्तर जारी छ ।
अदालतका श्रेस्तेदार राजन खनालका अनुसार शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहनेछ । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरुले शुक्रबार बहस गरेकामा अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सम्बन्धित खबर
सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ
रोटरी क्लवद्वारा पोखरामा निःशुल्क पाठेघरको मुखको भिआईए परिक्षण, झण्डै ५ प्रतिशत पोजेटिभ
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कास्कीकाे कोरीडाँडा
प्रतिभा माविमा गणित हाजिरीजवाफ प्रतियोगिता
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु