पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।
पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुब रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।
घरधनी ५२ वर्षीय रेग्मी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ
७ औं स्याङ्जा महोत्सवको सचिवालय उद्घाटन
म्याग्दीको रत्नेचौर गाउँकाे तोरीबारीमा ‘टिकटकर’को भीड
भीरकोटको क्रसरमा लगाइएको शिलबन्दी खुलाइयो
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
रोटरी क्लवद्वारा पोखरामा निःशुल्क पाठेघरको मुखको भिआईए परिक्षण, झण्डै ५ प्रतिशत पोजेटिभ
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु