बागलुङ जिल्लाको पश्चिमोत्तर दुर्गम स्थानका रुपमा रहेको निसेलढोरमा घरघरमा सोलार बत्ती जडान गरिएपछि जिन्दगीभर दियालोको भरमा बस्दै आएका स्थानीय खुशी भएका छन् ।
युनिका फाउन्डेसन नेदरल्याड्स, निसीखोला गाँउपालिका र कर्मफ्लाइट्स फाउन्डेसन पोखराको कुल ११ लाख २८ हजार बराबरको लागतमा सोलार प्यानल सहित सबै सामाग्री खरिद गरेर घरघरमा जोडिएपछि निसेलढोर अब रातको समयमा पनि उज्यालो बन्ने भएको हो ।
स्थानीय विना घर्ती मगरले भनिन्, ‘जिन्दगीभर दियालो बालेर बसियो अब त उज्यालोमा बस्न पाइने भयौँ, केटाकेटीले पनि साँझ बिहान पढ्न पाउने भए । खुशी लाग्यो । अब चाँडै सरकारले बिजुली ल्याइदिए धन्य हुन्थ्यो ।’
स्थानीय ६८ घर सहित एक आधारभूत विद्यालय र एक सामुदायिक स्वास्थ्य इकाई गरी ७० वटा २० वाट क्षमताको सोलार प्यानल ब्याट्री, ३ वटा बल्ब, एक मोबाइल चार्ज गर्ने पोर्ट र वायरीङका सामान सहित सबै घरमाबत्ती जडान गर्ने गरी प्राविधिकहरुको व्यवस्था गरिएको हो ।
कर्म फ्लाइट्स फाउण्डेशनको कार्यान्वयनमा युनिका फाउडेशन नेदरल्याण्ड्स र कर्म फ्लाइट्स फाउडेशनको ९ लाख ७८ हजार १ सय ८१ र निसीखोला गाउँपालिकाको १ लाख ५० हजार लागत साझेदारीमा उक्त ‘निसेलढोर उज्यालो होम सोलार परियोजना’ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ति मगरले अँध्यारोमा बस्न बाध्य हुँदै आएका नागरिकहरुलाई दातृ निकायको सहयोगले उज्यालो दिएकोमा धन्यवाद ज्ञापन गर्दै चाँडै केन्द्रिय विद्युत प्रसारण ल्याउने गरी पहल भइरहेको बताए।
निसेलढोर विकासका हिसाबले पछि रहेको जनाउँदै गाँउपालिकाले क्षमताका आधारमा विकास गरिरहेको तर पालिका एक्लैले सबै कम गर्न नसक्ने भएकोले साझेदारी मार्फत् बिकासमा हातेमालो गर्न चाहेको र निर्वाचनताका आफुहरुले गरेका बाचाबाट कत्तिपनि पछि नहटेको बताए ।
अब सोलारको सहयोगले मोबाइल चार्ज गर्न ५/६ घण्टा हिडेर निसी वा भुजी पुग्नु पर्ने बाध्यता हटेकोमा कर्म फ्लाइट्स संस्थालाई आभार प्रकट गर्दै उनले निसीखोला गाउँपालिकाले अगाडि सारेका स्वास्थ्य र शिक्षाको क्षेत्रमा खासगरी निशुल्क स्वास्थ्य शिबिर, शिक्षक तालिम, आइसिटि कम्प्युटर ल्याब स्थापना लगायतका काममा साझेदारी र सहयोग गरेकोमा र यस पटक सोलारको लागि विशेष पहल गरेकोमा संस्थाका कार्यक्रम निर्देशक तथा पालिकाकै बासिन्दा प्रेम बहादुर कुँवरलाई धन्यबाद ज्ञापन गरे।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले कृषिमा अब्बल रहेको निसेलढोर हरेक बिकासबाट पछाडी रहँदै आएको अबस्थामा पछिल्लो समय टेलिफोनको टावर व्यवस्थापन, सामुदायिक स्वास्थ्यइकाई व्यवस्थापन, विद्यालय व्यवस्थापन लगायतका क्षेत्रमा काम भइरहेको जनाउँदै पर्यटन, कृषिखास गरि रैथाने आलुको बिउको पकेट क्षेत्रको रुपमा विकास गर्ने लगायत अन्य विकासका कार्यक्रमलाई क्रमिक रुपमा अगाडी बढाइने बताए ।
युनिका फाउडेशन नेदरल्याण्ड्सका नेपाल प्रमुख बागमती प्रदेश सभाका (पूर्व) माननिय रमेश पौड्यालले प्रकृतिको बरदान प्राप्त सुन्दर निसेलढोर क्षेत्रको आफूहरुले गतवर्ष स्थलगत अध्ययन गरी तत्काल कार्यक्रम अगाडी बढाउने तयारी गरिए पनि गाउँपालिकाबाट समयमा स्थानिय सहभागिता स्वरुप बजेट सुनिश्चित गर्न ध्यान केन्द्रित नहुदा ढिलाई भएको जनाए ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले निसीखोला गाउँपालिकाले जनताको समस्या र आवश्यकताको आधारमा सबै क्षेत्रमा समान विकास गर्दै आइरहेको जनाउँदै विकासबाट पछि रहेको यस क्षेत्रलाई थप विकासका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताए। कार्यक्रममा कर्म फ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको स्वागत मन्तव्य सहित कार्यक्रमको विषयवस्तु माथि जानकारी रहेको थियो ।
सूर्योदय उर्जा प्राली काठमाडौँको प्राविधीक सहयोग, कर्म फ्लाइट्स फाउन्डेसन पोखराको कार्यान्यनमा सोलार जडान गरिएको हो । पर्यटकीय स्थलको रुपमा प्रसस्त सम्भावना बोकेको निसेलढोरमा रैथाने ७० घर र बर्षातको सोलार समयमा करिब ३ सय घरधुरी बस्दै आएका छन् । गाउँपालिकाबाट सडक सन्जाल जोडिएका कारण बुर्तिबाङ–ढोरपाटन हुँदै निसेलढोर पुग्न सकिन्छ ।
सम्बन्धित खबर
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ
७ औं स्याङ्जा महोत्सवको सचिवालय उद्घाटन
म्याग्दीको रत्नेचौर गाउँकाे तोरीबारीमा ‘टिकटकर’को भीड
भीरकोटको क्रसरमा लगाइएको शिलबन्दी खुलाइयो
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
रोटरी क्लवद्वारा पोखरामा निःशुल्क पाठेघरको मुखको भिआईए परिक्षण, झण्डै ५ प्रतिशत पोजेटिभ
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु