एसओएस गण्डकीमा ४१औँ वार्षिक खेलकुद समारोहको समापन

एसओएस गण्डकीमा ४१औँ वार्षिक खेलकुद समारोहको समापन

khel

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ वार्षिक खेलकुद कार्यक्रमको एक भव्य समारोहबीच शनिवार समापन गरिएको छ । बिहीवारदेखि विद्यालयको प्राङ्गणमा सम्पन्नउक्त समारोहलाई गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समापन गरे।

समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले हाम्रो सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर राख्दै शिक्षणपद्धतिको विकास गर्न नसकिएकाले देशमा बेरोजगारीको सङ्ख्या बढेको र त्यसैका कारण प्रतिभा पलायनको समस्याले तीव्रता पाइरहेको बताए । ‘धेरै अभिभावकविहीन बालबालिकाहरूको संरक्षण, लालनपालन र शिक्षादीक्षाको यथोचित व्यवस्था गर्दै आइरहेको एसओएसजस्तो परोपकारी संस्थालाई सबै पक्ष मिलेर अगाडि बढाउनुपर्छ ।’मन्त्री थापाले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले प्रदेशको सीमित स्रोत र साधनका बाबजुद एसओएसजस्तो मानवतावादी संस्थालाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो । आगामी वर्षको बजेटमा एसओएसलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम वृद्धि गर्ने विषयमा प्रदेश सरकार दृढ छ ।’उनले खेलकुदमा विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गर्र्दै उत्कृष्ट विद्यार्थीहरूलाई बधाई पनि दिए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले स्वागत मन्तव्य राखेका थिए । एसओएसको उद्देश्यमाथि प्रकाश पार्दै प्रधानाध्यापक सुवेदीले अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाहरूको संरक्षण गर्दै आइरहेको विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गरी नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । सार्वजनिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकीले गुणस्तरीय शिक्षाका अलावा खेलकुदलाई पनि उत्तिकै जोड दिँदै आइरहेको जानकारी दिए । सभाअध्यक्षको आसनबाट बोल्दै एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले खेलकुदमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे ।

समापन समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ,पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सूर्य पौडेल,एसओएस बालग्राम पोखराका प्रतिनिधि कर्म ग्याल्ट्सेन, विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारी, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य, ताराकुञ्ज स्कुलका प्रधानाध्यापक पुष्पराज पौडेल, सिद्ध माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जुना थापा, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका प्रमुख शिव लामिछाने, एसओएस बालग्राम गण्डकीका उपनिर्देशकद्वय बाबुराम बराल,शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डे, चिकित्सक डा. विवेक तिमिल्सिना, साइकोथेरापिस्ट शुभ कोइरालालगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

वार्षिक खेलकुद कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वारलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भए भने शिशुकक्षाका विद्यार्थीहरूका बीचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, पेपर रिलेलगायतका खेलहरू आयोजना गरिएका थिए ।खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न चार सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित विशेष मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा गठित राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीहरूको खुकुरी ड्रिल पनि प्रदर्शन गरिएको थियो । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा क्रियाशील जुनियर रेडक्रस तथा भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो । समारोहमा अभिभावकहरूका बीचमा म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै विद्यालयका शिक्षकहरूका बीचमा प्रतियोगितात्मक टग अफ वारसमेत आयोजना गरिएको थियो जसमा शैक्षिक संयोजक खगेन्द्रराज बरालको समूहले विजय प्राप्त गर्याे ।

खेलकुदकार्यक्रममा विद्यालयको धौलागिरिसदन यस शैक्षिक सत्रको विजेता सदन बन्न सफल भयोभने अन्नपूर्ण सदन उपविजेता बन्यो । त्यस्तै माछापुच्छ«ेउत्कृष्ट मार्चपास्ड प्रस्तोता तथा गौरीशङ्कर सर्वाधिक अनुशासित सदन घोषित भए । त्यस्तै कक्षा ११ र १२ तर्फ धौलागिरि सदन विजेता तथा गौरीशङ्कर सदनले उपविजेताको उपाधि प्राप्त गरे । प्रतियोगितात्मक खेलका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र,नगद पुरस्कार तथा पदक प्रदान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds