सर्वेन्द्र खनालले छाडे एमाले

सर्वेन्द्र खनालले छाडे एमाले

Sarbendra-Khanal

काठमाडौँ । एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– ’हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। ’

उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । देश र जनताको हितका लागि सधैँ लडिरहने उनले बताएका छन् ।

खनाल २०७९ साल असोज ६ गते एमालेमा प्रवेश गरेका थिए । खनाल एमालेमा प्रवेश गरे पछि उनलाई संघीय संसदको २–२ पटक टिकट दिइएको थियो । काठमाडौं– ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानमा पराजित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ