गोरखामा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

गोरखामा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

fire aago aaglagi

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर नष्ट भएको हो । आगोले तीन वटाघरसहित लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेका छन् ।
आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ