पोखरा । सुविख्यात नेत्र चिकित्सक सन्दुक रुइतलाई श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिएको छ । पोखराको श्रीपति कोइराला गुठी पोखराले डा. रुइतलाई श्रीपति समाज सेवा पुरस्कार–२०८१ प्रदान गरेको हो ।
गुठीकै कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, गुठीका अध्यक्ष वरिष्ठ अधिवक्ता फणीन्द्र कोइराला, पत्रकार नारायण कार्की लगायतले डा. रुइतलाई उक्त पुरस्कार अर्पण गरे । उक्त पुरस्कारको नगद राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ छ ।
पुरस्कार ग्रहणपछि डा. रुइतले पुरस्कारबाट आफू र आफ्नी जीवनसाथीलाई अझै जोश थपिएको अनुभूति सुनाए । उनले देशमा सुशासनसँगै सुसंस्कार चाहिएको विचार व्यक्त गरे ।
पोखराको संस्थाले आफूलाई सम्झिएकोमा धन्य भएको बताएका उनले गण्डकी प्रदेशको मुस्ताङबाट नेत्ररोग उपचार सम्बन्धी विशेष कामको थालनी गरेको सम्झिए । ‘मैले मुस्ताङबाट आँखाको क्षेत्रमा असाध्यै महत्वपूर्ण काम सुरु गरेको थिएँ,’ उनले भने, ‘यही क्षेत्रको पोखरा मेरो पेसाको नजिक छ ।’
डा. रुइत म्यागासेसे पुरस्कार विजेता हुन । उनलाई बहराइनको एउटा फाउन्डेसनले १० करोड रुपैयाँको पुरस्कारसमेत प्रदान यसअघि गरेको थियो । नेत्ररोगको क्षेत्रमा चामात्कारिक योगदान पु¥याएका रुइतले नेपाल सम्भावनाको देश भएको बताउँदै उदाउँदै गरेका चीन र भारतको बिचको देशलाई छिटै विकास गर्न सकिने धारणा पनि राखेका थिए ।
यसअघि श्रीपति समाजसेवा पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।
श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर आयोजित साधारण सभाको मौकामा डा रुइतसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई गुठीले पुरस्कार प्रदान गरेको छ । त्यस क्रममा समाधान दैनिकका संस्थापक प्रधान सम्पादक नारायण कार्कीलाई २२ हजार २ सय २२ रुपैयाँ राशिसहित पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।
पोखरा विश्वविद्यालयबाट एमबिएमा सर्वाेत्कृष्ट भएकी सुस्मिता गिरी, पृथ्वीनारायण क्याम्पसका भरोसा बराल, विज्ञान तथा प्रविधि संकायबाट स्नातकोत्तर सन्दीप बराल, शिक्षा संकायमा स्नातकोत्तर यामबहादुर नेपाली, नर्सिङ क्याम्पसकी रस्मिता महत, वन विज्ञान संकायका आविष्कार भट्टराई, पश्चिमाञ्चल इन्जिनियरिङ संस्थानकी सुम्निमा तिवारीलाई श्रीपति विद्या पदक प्रदान गरिएको थियो ।
बाराही माविकी अंशु गुप्ता, नवीन माविका प्रयास कुँवर, चिसाखोला वेद विद्याश्रमका अरुण न्यौपाने र सुमन अधिकारीलाई छात्रवृत्ति प्रदान गरियो । गुठियार युवा सम्मान स्मृति खनाल कोइराला, नवराज कोइराला र प्रल्हाद कोइरालालाई प्रदान गरिएको थियो । रोजी कोइराला, आदित्य कोइराला, स्वस्तिका कोइराला र शैलेश कोइरालाले प्लसटु सम्मान प्राप्त गरे । व्यवस्थापन संकायमा स्नातकोत्तर सरिता ढकाल (बारा), विन्ध्यवासिनी संस्कृत क्याम्पस पोखराका प्रवीण ढकाललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरियो ।
माइतीको चिनो पोखरा ५ की परीक्षा कोइरालाले प्राप्त गरिन् । वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला विशिष्ट सम्मान र कृष्णप्रसाद कोइरालालाई अक्षयकोष स्थापनाकर्ता श्रीपति विष्णुहरि जोतिष सम्मान प्रदान गरियो । श्रीपति विष्णुहरि जोतिष पुरस्कार केदारनाथ त्रिपाठीलाई प्रदान गरियो ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला