काठमाडौं, २० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्रको विभिन्न सेक्टर लथालिङ्ग र भताभुङ्ग रहेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, मन्त्री गुरुङले पाँच महिनामा सरकारले यो–यो गर्यो भनेर देखाउने केही पनि उपलब्धी नरहेको बताए ।
उनले आफूले वर्तमान सरकारको मन्त्रीको रुपमा पाँच महिना बस्दा सबैभन्दा ठूलो समस्या सुशासन पाएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘अहिले चाहीँ मैले गर्वका साथ के भन्छु भने– देखाउने कुरा त केहीपनि छैन अहिले हामीसँग । हामीले यो पाँच महिनाभित्र यो–यो गरियो भने देखाउने कुरा केही छैन । पाँच महिनाभित्र सिकेको कुरा के हो भनेदेखि प्रधानमन्त्री या मजस्तो मन्त्रीले अनुभूति गरेको वा सिकेको कुरा के हो भनेदेखि हाम्रो मुलुक चरम संकटमा बेथितिमा छ । यतिधेरै अराजकता, यतिधेरै अस्तव्यस्थता अहिले छ ।’
मन्त्री गुरुङले देशमा सुशासन नभएको र सबैतिर अस्तव्यस्त र भद्रगोल तरिकाले चलिरहेको बताए । ‘मैले पाँच महिना काम गर्दा हाम्रो सबैभन्दा ठूलो समस्या भनेको सुशासनको समस्या छ । सुशासन भयो भने पुँजीगत खर्च पनि बढिहाल्छ । उत्पादन पनि बढिहाल्छ, भ्रष्टाचार पनि नियन्त्रणमा आइहाल्छ । सबैभन्दा ठूलो समस्या भनेको सुशासन हो । सुशासन नै छैन । सबै ठाउँमा अस्तव्यस्त र भद्रगोल छ । सुशासनका जे–जे आयमहरु छन्, त्यसलाई राम्रोसँग समातेर गइयो भने अहिलेका समस्याहरु समाधान हुनथाल्छन्,’– उनले भने ।
मन्त्री गुरुङले सरकारको काम गर्ने तरिका र कर्मचारी, प्रहरी प्रशासनको काम गर्ने तरिकामा ड्राफ्टिक चेन्ज हुनुपर्ने अवस्था रहेको बताए । उनले नयाँ व्यवस्था र पुरानो शैलीको काम गर्ने व्यूरोक्रेशीले अन्तरद्वन्द्व सिर्जना गरेको दाबी छ । उनले काम गर्न सरकारको विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए । उनले अहिले आयत ठप्प रहेको, उद्योगहरुको उत्पादन ५० प्रतिशतभन्दा बढी कसैको नरहेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन परिरहेको बताएका हुन् ।
साथै, आफूले घुस दिएको कुरा प्रधानमन्त्रीलाई भन्न सामान्य जनताको पहुँच नै नरहेको उनले बताए । प्रधानमन्त्रीलाई सामान्य मान्छेले भेट्नै नपाउने उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले कति दिनदेखि भनिरहनुभएको छ– म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ । हाम्रो तलका अवयवहरुले घुस खाइरहेको छ । जनताले घुस दिन परिरहेकै छ । जनताले घुस दिन परिरहेको जनतालाई थाहा छ नि । ठूलो मान्छेलाई के थाहा हुन्छ ? मैले घुस खाएँ भनेर कसैले भन्न आउँदैन । जनतालाई फलानो ठाउँमा मैले घुस दिएँ भन्न पहुँच नै छैन प्रधानमन्त्रीकहाँ । हाम्रो सिस्टम त्यस्तो छ, सामान्य मान्छेले भेट्न पाउँदैन नि ।’
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो