नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य ०८४ को निर्वाचनसम्मै कायम हुनेमा निश्चिन्त छन् । उनले आफूलाई भेट्न आउने नेताहरुसँगपनि अहिले सरकार दायाँबायाँ नहुने र कांग्रेस–एमाले सहकार्य ०८४ को निर्वाचनसम्म नै कायम रहने बताउने गरेका छन् ।
आज (शनिबार) आफूलाई भेट्न आएका नेताहरुसँगको भेटवार्तामा देउवाले एमालेलाई धोका नदिने अडान दोहोर्याएका थिए । भेटमा सहभागी एक नेताका अनुसार देउवाले अहिले सरकारले ठीक ढंगले काम गरेको भन्दै सरकारको विकल्प खोज्नेबारे सोच्न नसकिने बताएका हुन् ।
देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने,‘सरकार ठीक ढंगले चलेको छ । हामी ७ बुँदेप्रति इमानदार छौं । सहमतिबाट म दायाँबायाँ हुन्नँ । कसैको दबाबले यो सरकार ढाल्ने पक्षमा म छैन । म बाट केपी ओलीलाई कुनै हालतमा धोका हुँदैन ।’
कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले एमालेसँगको सहकार्यबारे प्रश्न उठाइरहेको बेलामा सभापति देउवा भने एमालेसँगको सहकार्य सहमतिबमोजिम जानेमा ढुक्क छन् । उनले ओलीपछि आफूले सरकारको नेतृत्व लिने र आफ्नै नेतृत्वमा आम निर्वाचन सम्पन्न गरेर सक्रिय राजनीतिबाट आफूले विश्राम लिने पनि सुनाउने गरेका छन् ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो