तनहुँ — बन्दीपुर केबलकारको लिग भाँचिएको छ । केबलकारको दुई नम्बर पोलसँगैको भागमा रहेको लिग भाँचिएर डिब्बा लत्रिन पुगेको छ ।
केबलकारको लिग भाँचिएर डिब्बा लत्रिएपछि कम्पनीले मर्मतका लागि भन्दै दुई दिन केबलकार सञ्चालन बन्द गरेको छ ।
लिगको तार चुँडेर तल लत्रिएपछि एउटा डिब्बा भुईँ नजिकै झुन्डिन पुगेको स्थानीयले बताएका छन् । डिब्बा खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति हुन पाएन ।
लिग र डिब्बा लत्रिँदा ठूलो आवाज आएको र स्थानीयले के भएछ ? भनी हेर्दा केबलकारको डिब्बा खसेको अवस्थामा भेटेका थिए । केबलकारमा केही समस्या आएकाले प्राविधिकहरू पोलमा चढाएर काम भइरहेको बताइएको छ ।
यस्तै, केबलकारमा समस्या आएपछि आज र भोलि बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टीयुभी अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले बन्द गरिएको बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराएका छन् ।
‘बन्दीपुर हिलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,’ भनेको छ । स्काइ साइक्लिङ, जिपलाइन सेवा र ड्राइभ इन रेस्टुरेन्टको सेवा भने नियमित रूपमा सञ्चालनमा रहने बन्दीपुर हिलका अध्यक्ष शर्माले बताए ।
सम्बन्धित खबर
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
पोखरा विमानस्थल निर्माणका क्रममा १४ अर्ब भ्रष्टाचार भएको निष्कर्ष
वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा
ऐतिहासिक काल्खु मेलाः खुल्ला नृत्य प्रतियोगितामा अनुस्का च्याम्पियन
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु