नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले आफूमाथि नै छानबिन गर्न माग गरेका छन्। आफूमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको सुशासन समितिमा उजुरी दिएका हुन् ।
अध्यक्ष शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो। सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन्।
आफूमाथि बिना प्रमाण झुटा आरोप लागेको र आर्थिक अपचलनको लाञ्छना लगाई चरित्र हत्या गरी सङ्घको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास गरिएको भन्दै छानबिन गर्न माग गरेका हुन्।
सङ्गठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको उनको आरोप छ।
नेविसंघको संस्थापन पक्ष र संस्थापनइतर पक्षबिच विभिन्न विषयमा मतान्तर चल्दै आएको छ। केन्द्रीय सदस्य प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय पुनर्निर्माणका लागि सङ्कलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएकी थिइन ।
पुस ७ गतेदेखि देशभरका क्याम्पसहरूमा नेविसंघको सदस्यता अभियान भइरहेको छ भने संस्थापनइतर पक्षले पनि अधिवेशनजस्ता गतिविधि गरिरहेका छन्।
सम्बन्धित खबर
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
स्थानीय तहको दबाबले शिक्षक फर्कन थालेपछि शिक्षक महासंघ चिन्तित
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन