नेपाल पत्रकार महासंघ स्याङ्जा जिल्ला शाखा समितिको नवनिर्वाचित कार्यसमितिको शुक्रबार स्याङ्जामा पदभार ग्रहण तथा पदस्थापन गरिएको छ ।
गत २८ मंसिरमा भएको निर्वाचनबाट प्रदीप कोइरालाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । आगामी ३ वर्षका लागि नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माधव गैह्रे, उपाध्यक्ष (महिला) साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी (सुशील), सह सचिव एक बहादुर गोदार (रमेश), सह सचिव (समावेशी) कला राना र कोषाध्यक्षमा जोगराज पाठक रहेका छन् ।
खुला सदस्यमा युवराज पौडेल, राम बहादुर रोकाहा, कृष्ण बस्याल र सविनचन्द्र डोटेल निर्वाचित भएका थिए । सदस्य (महिला) मा आरती कुँवर, सदस्य दलितमा नारायण विश्वकर्मा, सदस्य (आदिवासी जनजाति) मा भुम बहादुर रखाली (विनोद) छन् । समावेशी सदस्यमा हिमलाल घर्ती निर्वाचित भएका थिए ।
यस्तै, स्याङ्जा शाखाबाट राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन समिति संयोजक समेत रहेका जिल्ला बार एसोसिएसन स्याङ्जाका अध्यक्ष एवं अधिवक्ता तुलसी गिरीले स्याङ्जा सदरमुकाम स्थित महासंघको कार्यालयमा नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलगायत केन्द्र एवं प्रदेश प्रतिनिधिहरुलाई पदभार ग्रहण गराएका हुन् ।
समारोहमा संयोजक गिरीले पत्रकारिताका धर्म, कर्म र मर्म बुझेर पत्रकारिता गर्नुपर्ने बताए । उनले पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा क्रियाशिल हुन समेत सुझाव दिँदै नवनिर्वाचित कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
सोही समारोहमा मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्सालले बैंकले १८ औं वर्ष पूरा गरि १९ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघको कार्यालयका लागि ६० हजार रुपियाँ बराबरको आवश्यक फर्निचर उपलब्ध गराउने घोषणा गरे । पुस १९ गतेका दिन नै स्याङ्जाबाट बैंकले आफ्नो कारोबारको थालनी गरेको भन्दै महासंघको भौतिक संरचनाका लागि पनि आगामी दिनमा थप सहयोग गर्ने लम्सालले प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेश सदस्य एवं स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व अध्यक्षहरु ओमप्रसाद शर्मा, प्रकाश डोटेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै महासंघको आफ्नै भवन निर्माण कार्य र पत्रकारिता सम्बन्धी आवश्यक तालिम उपलब्ध गराउनु पर्नेमा हातोमालो गर्दै अघि बढ्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष प्रदीप कोइरालाले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै यहाँको पत्रकारितालाई थप उचाइमा पुर्याउन आफूसहितको सम्पूर्ण कार्यसमितिको सहयोग रहने बताए । उनले सरोकारवाला सबैको साथ सहयोगमा आफ्नो कार्यकालमा महासंघको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा निर्वाचन समितिका संयोजक तथा अधिवक्ता तुलसी गिरी, सदस्य अधिवक्ता पारसमणी पाण्डे र सदस्य खगेन्द्र भण्डारीलाई महासंघद्वारा सम्मान गरिएको थियो ।
महासंघका निवर्तमान उपाध्यक्ष भवानी अधिकारीले स्वागत गरेको समारोहको सहजीकरण निर्वाचन समितिका सदस्य तथा अधिवक्ता पारसमणीले गरेका थिए ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । अध्यक्ष प्रदीप कोइरालाको अध्यक्षतामा बसेको बैठकले अघिल्लो कार्यसमिति, निर्वाचन समितिसहित सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त गरेको सचिव हरिप्रसाद सुवेदी (सुशील) ले बताए । पहिलो बैठकले महासंघको भवन निर्माणका लागि अध्यक्ष कोइरालाको संयोजकत्वमा जग्गाप्राप्तिका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व अध्यक्षहरु ओमप्रसाद शर्मा, प्रकाश डोटेल र सचिव सुशील सुवेदी रहेका छन् ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो