पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ।
यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।
थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.५०० ग्राम, लागू औषध गाँजा ६०० ग्राम, ल्क्ष्त्च्ब्ख्भ्त्–१० नाम उल्लेख भएको लागूऔषध १९९ चक्की र मोवाईल १ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तिनैजनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन