देशभरका सिडिओहरूलाई परिणाममुखी काम गर्न गृहमन्त्रीको निर्देशन

देशभरका सिडिओहरूलाई परिणाममुखी काम गर्न गृहमन्त्रीको निर्देशन

grihamantri

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार गरेको जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको भन्दै सीमित स्रोत साधनकाबिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् ।

‘अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक–अर्कासित सम्बन्धित छन्’, मन्त्री लेखकले भने,‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’

मन्त्री लेखकले सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रह समेत गरे ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाउन जोड दिँदै भने, ‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ । विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।’

त्यसैगरी गृह सचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए ।  विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिवको निर्देशन थियो ।

भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ