ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई

ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई

पोखरा विद्याश्रम र महागंगा आरती गंगासागरलाई बुद्ध एयरद्वारा एक/एक लाख सहयोग

buddha-air-help

पोखरा । बुद्ध एयरले पोखरास्थित पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि सहयोग गरेको बुद्ध एयरले जनाएको छ ।

उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम यी दुई संस्थालाई सहयोग गरिएको हो ।

बुद्ध एयरको पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे ।

यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे । बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।

उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका कुनै कारणले खुला भए त्यस्तो विमानलाई प्राविधिकले परीक्षण नगरी उडान गर्न मिल्दैन । दिउँसो ३ बजेको उक्त उडान ३ घन्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।

बिनाकारण इमर्जेन्सी ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहबरमा प्रहरीलाई बुझाएको थियो ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।

अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुले ‘क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा एक लाख रुपैयाँ क्षतिपूर्ति तिरेका थिए ।

यसैबीच, काठमाडौंबाट जनकपुरका लागि उडेको तर खराब मौसमका कारण असोज १५ गते विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले इमर्जेन्सी ढोका खुला गरेका थिए । उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ तिरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ