विपन्न परिवारलाई छिमेकी प्रतिष्ठानको न्यानो माया

विपन्न परिवारलाई छिमेकी प्रतिष्ठानको न्यानो माया

help-sYnj-

छिमेकी प्रतिष्ठान स्याङ्जाले न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले भीरकोट नगरपालिका ६ नं वडा कार्यालयको समन्वयमा यहाँका विपन्न परिवारलाई न्यानो माया स्वरुप ४७ थान ब्लाङ्केट वितरण गरेको हो ।

एक कार्यक्रमकाबीच प्रतिष्ठानले भीरकोट ६ र ८ नं वडाका विपन्न तथा बिरामीहरुलाई आर्थिक सहयोग समेत गरेको छ । यहाँका टुल्की माझीलाई नगद पाँच हजार रुपियाँ, कुलबहादुर कामीलाई पाँच हजार रुपियाँ र जितेन्द्र नेपालीलाई १० हजार रुपियाँ प्रदान गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानको सामाजिक कार्यको प्रशंसा गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले समाजलाई आत्मनिर्भर बनाउन सबैले योगदान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

जाडो याममा न्यानो कपडा वितरण गरेर प्रतिष्ठानले सह्रानीय काम गरेको निवर्तमान नगरप्रमुख छायाराम खनालको भनाइ थियो । खनालले प्रतिष्ठानद्वारा वितरण गरिएको न्यानो कपडा कपडा मात्र नभएर यो एक छिमेकीले अर्को छिमेकीलाई प्रदान गरेको सद्भाव र प्रेम भएको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ