पुतलीबजार नगरपालिका -७ बाच्पुरमा भएको प्रथम स्वर्गीय कमल पोख्रेल स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मोहोरियाले जितेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साहारा युवा क्लबले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मोहोरिया युवा क्लब प्रथम, साहारा युवा क्लब द्वितीय र जनप्रिय युवा क्लब तृतीय भएको क्लबका सचिव प्रेम बहादुर थापा (सिजन)ले जानकारी दिए ।
मोहोरिया युवा क्लबले २-० को सोझो सेटमा साहारा युवा क्लबलाई पराजित गर्दै प्रथम भएको हो । प्रथम भएसङ्गै मोहिरियाले ६० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । द्वितीय आयोजक क्लबको पहिलो समूहले ट्रफी, मेडल र प्रमाणपत्रसहित ४० हजार एक सय पाँच रुपियाँ प्राप्त गरेको हो ।
त्यस्तै, प्रतियोगितामा जनप्रिय युवा क्लब तृतीय भएको हो । तृतीय भएको जनप्रियले २० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी सन्दीप ठकुरी, स्पाइकर जीत बहादुर केसी(अमृत), सेटर सागर थापा, ब्लकर सुजन पौडेल र डिफेन्डर अनिश कार्कीका साथमा प्रतियोगिताका उदयमान खेलाडी मिलन परियारलाई ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेल संयोजक अमृत केसीले बताए ।
पौष १२ गतेदेखि संचालित भलिबल प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध