नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।
कुकुरलाई निर्दयतापूर्वक मारेको भन्दै दुई जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।
सुस्ता गाउँपालिका ५ बेलवानीका ३३ वर्षीय राजकुमार सारू मगर र २८ वर्षीय अमनकुमार चिडी मगर छन्।
उनीहरूले गत शनिबार अपराह्न साढे ४ बजे नारायणी नदी किनारमा कुकुर मारेका थिए।
कुकुरलाई निर्मम र निर्दयतापूर्वक मारेको भिडिओ खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए।
सामाजिक सञ्जालमा भिडिओ आएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो। कुकुर मार्ने व्यक्ति राजकुमार रहेको र अमनकुमारले भिडिओ बनाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उलंघन गरेको आरोप छ।
पशुपंक्षीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
त्यस्तै सार्वजनिक स्थलमा पशुपंक्षी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनिएको छ।
यस कसुरअनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारीबाट घटनाको अनुसन्धान अघि बढाएको छ
सम्बन्धित खबर
काठमाडौंको होटलमा मृत फेला परेकी सुस्मितासँगै बसेर फरार देव ओखलढुंगामा मृत फेला
मुलुकमा यति धेरै अराजकता, अस्तव्यस्तता छ कि? काम गर्नै बाधा छः प्रवक्ता गुरूङ
देउवाको बुढानिलकण्ठबाट सन्देश: ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
प्रेमिकामाथि कारबाहीको माग गर्दै दुजाङले गुहारे कांग्रेसको सुशासन समिति
आजदेखि देशभर जलपक्षी गणना गरिँदै
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो