अमेरिकामा भीडमाथि ट्रक कुदेपछि १५ जनाको मृत्यु

अमेरिकामा भीडमाथि ट्रक कुदेपछि १५ जनाको मृत्यु

JPG converted with https://ezgif.com/webp-to-jpg

JPG converted with https://ezgif.com/webp-to-jpg

पोखरा । अमेरिकाको दक्षिणी सहर न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भीड माथि कुदेपछि १५ जनाको मृत्यु भएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् ।

न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए ।

चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ ।

एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

घटना स्थानीय समय अनुसार बिहान ३ः१५ मा भएको थियो। घटना भएको स्थान लुसियाना राज्यमा पर्छ। सो घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ