काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५-६ लाखको तलब खानु गलत भएको टिप्पणी गरेका छन् ।
नेकपाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
यस्तै, उनले सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे ।
‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ ।
नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको अवस्थाको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको उनले बताए । आन्तनिर्भरबाट नै समृद्धिको दिशातिर लैजान संश्लेषण आवश्यक विप्लवले बताए ।
विप्लव पनि संसदीय राजनीतिमै, ०८४ को चुनावमा भाग लिने
नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको छ। त्यसका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिने निर्णय गरेको महासचिव विप्लवले बताए ।
हालै सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै
आगामी चूनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव विप्लवले जानकारी दिए ।
बैठकले एकीकृत जनक्रान्तिका क्रममा १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायत मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।
अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनले बताए ।
माओवादीसँग पार्टी एकताबारे के भन्छन् विप्लव?
विप्लवले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन्। उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको पनि बताए।
‘एकताको कुरा छ, बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ,’ उनले भने, ‘त्यो कुरा होइन, हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरू क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत् कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं।’
उनले क्रान्तिकारीहरूको सही विचार र संगठनको ध्रुवीकरण बनाउनुपर्छ भनेर लागेको पनि बताए।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
सामाजिक सञ्जाललाई नियमनको प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो छैनः ज्ञवाली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो