हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण (जिन सिक्वेन्सिङ) अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ।
यसअघि यस्ता परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशभित्रै स्तन क्यान्सरको वंशाणुगत परीक्षणको व्यवस्था गर्न प्रयोगशालालाई निर्देशन दिएका थिए।
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेको छ। अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए। ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’ उनले भने, ‘अब देशबाहिर नमूना पठाउनु पर्दैन।’
यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन परीक्षणका नमूना भारत तथा अन्य देशमा पठाउनु पर्ने बाध्यता थियो। यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सरको सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए/नभएको पत्ता लगाउने छ। सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए। प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ।
योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरिका नमूना परीक्षण नियमित थप गर्ने भएको छ। भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ।
नमूना पठाउनका लागि समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् तर प्रयोगशालाले भने ३० हजार रुपैयाँ भित्रै परीक्षण गर्नेछ। नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न्। यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेका थिए। अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं गुन्डा नाइके हो, यस्ता कामले राजसंस्था फर्कंदैन: भाटभटेनी सञ्चालक गुरूङ
जलेर मृत्यु भएका पत्रकार रजकको परिवारलाई भाटभटेनीले ५ लाख दिने, सुरक्षा गार्डलाई पनि ५ लाख
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार चार बजे भेटवार्ता हुने
पूर्वराजाको भन्दा दुर्गा प्रसाईंको फोटो ठूलो देखेपछि टाप कसेँ : राप्रपा उपाध्यक्ष तामाङ
शिक्षक महासङ्घले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने
राप्रपाले बोहोराको निधनमा तीन दिन शोक मनाउने
यो पनि पढौँ
ज्ञानेन्द्र र परिवारका सुरक्षाकर्मीहरू व्यापक कटौती, १५५ जनामा अब १५ मात्रै
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक
प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई