राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएको सूयदर्शन सहकारी ठगीको मुद्दामा मंगलबारबाट जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ।
न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो। थुनछेक बहसको पहिलो दिन सरकार (बादी) पक्षबाट दुई जना सरकारी वकिलले बहस गरेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए। उनका अनुसार सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले र शान्तिदेवी शर्माले बहस गरेका हुन्।
श्रेस्तेदार खनालका अनुसार बुधबार पनि थुनछेक बहस जारी रहने छ। बुधबार पनि बादी पक्षबाटै सरकारी वकिलहरूले बहस गर्ने छन्। सरकारी वकिलले बहस गरिसकेपछि प्रतिवादी पक्षका वकिलहरूले आ आफ्ना प्रतिरक्षा बहस गर्ने छन्।
प्रतिवादी पक्षका वकिलहरूको बहस बिहीबारबाट मात्रै हुनसक्ने सम्भावना रहेको खनालले बताए।
उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो।
सम्बन्धित खबर
पोखरामा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
प्रकृति–मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा
ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई
चरक हस्पिटल आहा ! रारा पोखरा गोल्डकपको सहप्रायोजक
एसओएस गण्डकीमा ४१ औँ खेलकुद दिवस सुरू
कांग्रेस महामन्त्री गगन थापा पोखरा आउने
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो