मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको जग बलियो बनाउनेभन्दा जनता भड्काउने काममा समय बिताएको भन्दै टिप्पणी गरेका छन्।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो टिप्पणी गरेका हुन्। उनले तीन पटक प्रधानमन्त्री हुँदा संघीयता कार्यान्वयन गर्न भन्दा अन्यत्र ध्यान मोडेको आरोप समेत दाहाललाई लगाएका छन्।
‘सहकारी ठगी प्रकरणलगायतका भ्रष्टाचार काण्ड प्रचण्डजी प्रधानमन्त्री हुँदा किन छानबिन भएन?’ भनेर प्रश्न गर्दै उनले अहिलेको सरकारले कारबाही अघि बढाउँदा भ्रम छरेर जनता भड्काउन काममा दाहाल लागेको बताए। भ्रष्टाचारका घटना छानबिन तथा कारबाही प्रक्रिया अगाडि बढाउने सरकारलाई भ्रष्ट भन्नु नाजायज भएको उनको भनाइ छ। मन्त्र लेखीले भने, ‘यो सरकारले हरेक भ्रष्टाचार काण्ड छानबिन गरी कारबाही अघि बढाउँछ।’
‘प्रहरी ऐन र निजामती कर्मचारी ऐन कार्यान्वयन भएको भए प्रदेश सरकार महबुत हुन्थ्यो,’ उनले भने, ‘प्रदेशहरू मजबुत भए मात्र संघीयताको जग बलियो हुन्छ। प्रदेशहरूलाई अधिकारविहीन बनाएर संघीयता मजबुत हुँदैन।
प्रहरी र कर्मचारी ऐन अहिलेको सरकारले अघि बढाउँदा संघीयता विरोधीको भाष्य निर्माण गर्नु अनुचित भएको मन्त्री लेखीले जिकिर गरे। ‘अधिकार बिनाको सरकार चलाउनुको पीडा र अप्ठ्यारा चलाउनेलाई मात्र थाहा हुन्छ। अहिले मधेस सरकारप्रति नकारात्मक भावना बढ्दै जानुमा ‘अधिकारको अपर्याप्तता’ कारक हो,’ उनले भने, ‘केन्द्र सरकारले अधिकार प्रत्यायोजन नगर्दाको ‘दोष’ प्रदेश सरकारले खेप्नु परिरहेको छ।’
सम्बन्धित खबर
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष ठगुन्नामाथि कुटपिट
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मासु अड्किएर एक जनाको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर