लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

पुरस्कार

लेखनाथ पत्रकारिता पुरस्कार ऋषिकान्तलाई

lekhnath-poudel

पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ ।

लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो । कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पौडेलले विभिन्न सञ्चारमाध्यमका काम गरिसकेका छन् ।

हाल रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो । उनलाई ११ हजार १११ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ