पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे ।
तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताएका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’ उनले भने –‘ नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’

तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको उनको भनाई छ ।

‘तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको छ ।’ उनले भने – ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन् । शहर तथा विदेशमा बसाईंसराईं पछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन् । शहरी क्षेत्रमा पनि समुदायका अगुवाहरुले आफ्नो रितीथितीलाई बिर्सिएका छैनन् ।’

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताए ।
‘यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका ¥यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् ।’ प्रदेश प्रमुख भट्टले भने – ‘अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो ।’

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले तमु जातिले सदिँयौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै आइरहेको बताइन् । उनले ल्होसार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको जनाइन् ।
कार्यक्रमबीच सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गरेकामा पत्रकार राजबहादुर तमु र सम्राट तमु, समाजसेवामा योगदान दिएवापत गमबहादुर तमु तथा लक्ष्मी तमु एवं साहित्य क्षेत्रमा योगदान पुर्याएकोमा सुदर्शन तमुलाई सम्मान गरियो ।


त्यस अवसरमा गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम), नेवा खलः कास्की अध्यक्ष अशोक पालिखे, सम्मानिततर्फबाट पत्रकार राजबहादुर गुरुङ, जीवन विज्ञान प्रशिक्षक भानु गुरु लगायतले पनि भनाइ राखे ।
समारोह सुरुअघि पोखराको मानवअधिकार चोकबाट निस्केको र्याली चिप्लेढुंंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं कार्यालय पुगी सभामा परिणत भएको थियो । र्यालीमा आफ्नो जातीय पोशाकमा गुरुङ समुदायका केटाकेटी, युवायुवती तथा ज्येष्ठ नागरिक सजिएका थिए ।
कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय आमा समिति तथा युवा समितिले विभिन्न प्रस्तुति राखे । त्यस्तै, ‘तमु सुँ’ पुस्तक विमोचन भयो भने छेलो प्रतियोगिता तथा विभिन्न छात्रवृत्ति वितरण पनि गरियो ।
तमु धिं नेपालका अध्यक्ष सु.मे श्रीप्रसाद तमुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष गिमाया तमुले स्वागत तथा संचालन महासचिव जूनाकुमारी तमुले गरिन् ।

सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो