दुई हप्तामै तीन पटक सगरमाथा चढ्ने पूर्णिमा ‘सीएनएन’ सूचीमा

सफलता

दुई हप्तामै तीन पटक सगरमाथा चढ्ने पूर्णिमा ‘सीएनएन’ सूचीमा

purnima cnn

पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको २ सातामै तीनपल्ट सफल आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन् ।

फोटो पत्रकारसमेत रहेकी गोरखाकी पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’ को सूचीमा परेकी हुन् ।

एकैयाममा तीनपटक सगरमाथा आरोहण गर्ने उनी विश्वकै पहिलो महिला आरोही हुन् । पूर्णिमाले गत मे १२, १९ र २५ मा सगरमाथाको आरोहण गरेकी थिइन् ।

उनी सातौं अग्लो हिमाल धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन् । उहाँले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग धौलागिरि आरोहण गरेकी थिइन् ।

सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै पूर्णिमाले गौरवान्वित महसुस गर्दै सन् २०२४ आफ्नो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको प्रतिक्रिया दिएकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ