बागलुङ बुर्तिवाङ अस्पताल ५० शय्यामा स्तरोन्नति

सेवा विस्तार

बागलुङ बुर्तिवाङ अस्पताल ५० शय्यामा स्तरोन्नति

जनशक्ति व्यवस्थापन हुन बाँकी

burtibang-hospital

बागलुङ ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्थित अस्पताल ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएपनि जनशक्ति व्यवस्थापन हुन भने बाँकी नै छ ।

५० शय्याको अस्पताल पूर्णसेवा सहित सञ्चालन भएमा निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।

विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो।

विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो।

अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड विनियोजन गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ