स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविले हात पारेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका -२ स्थित फेदीखोला रंगशाला खेलमैदानमा गएको बिहिवारदेखि भएको प्रतियोगितामा १४ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित कुल ६० अङ्क हात पार्दै सिद्धार्थ माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि विजेता बनेको हो ।
त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरि कुल ४० अङ्कसहित दामगाडे मावि दोस्रो र ३ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित कालाभैरव मावि तेस्रो बनेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ बनेका थिए । त्यस्तै, मार्चपास अन्तर्गत चण्डीडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको भलिबल, कबड्डी, रिले दौड, विभिन्न दुरिमा दौड, हाइजम्प, लङ्गजम्प, ज्याभलिन थ्रो, सटफुट, कराते लगायतका खेल भएका थिए ।
प्रतियोगितामा विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जिससका सदस्यहरुलगायतबाट ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
सम्बन्धित खबर
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन