पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् ।
‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क/कोमागाने पार्कमा डिसेम्बर ३१ (पुस १६) मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)पोखराले २६ औं संस्करणको पोखरा सडक महोत्सव गर्दैछ । नेपालको सबैभन्दा ठूलो स्ट्रीट फेस्टिभलमा देश/विदेशबाट पर्यटकको ओइरो लाग्छ । सडक महोत्सवको सन्दर्भमा हुने ‘द इण्ड गेम’ वर्ष २०२४ को अन्त्यको उत्सवको मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ ।
‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए ।

चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले यो कार्यक्रम सञ्चालन गर्नेछन् । डिसेम्बर ३१ मा हुने कार्यक्रम संगीत र मनोरञ्जन प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने स्पेक्स–१४ का सञ्चालक महेश्वरसिंह भण्डारीले बताए ।
उक्त दिनको कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उनले जानकारी दिए । खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य ७ सय ५० रुपैयाँ पर्नेछ । कार्यक्रम स्थलमा टिकटको मूल्य एक हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ ।
कन्सर्टस्थलमा नयाँ वर्ष २०२५ को स्वागत स्वरूप हुने आतसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिनेछ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की