दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, दुई जनाको उद्धार [भिडियो]

दुर्घटना

दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, दुई जनाको उद्धार [भिडियो]

कसरी भयो दुर्घटना ?

south korea plan crash

दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये दुईजना महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरू एकजना चालक दलका सदस्य र एकजना यात्रु हुन् ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरूबाहेक अरू कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुईजना थाइल्यान्डका र अरू सबै दक्षिण कोरियाका थिए ।

विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

Photo: Reuters

कसरी भयो दुर्घटना ?

विमान चराको सम्पर्कमा आएकाले दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको एकाथरी विश्लेषण आइरहेको छ । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आयो ।

विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्न खोज्दा रनवेमा चिप्लियो र विमानस्थलको पर्खालमा ठोक्किएर विमानमा विस्फोट भएको अनि आगो लागेको भनेर दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापलाई उद्धृत गर्दै अन्य सञ्चार माध्यमले समाचार छापेका छन् ।

मिसाइल आक्रमण हो त ?

अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानको अकताउ नजिकै दुर्घटना भएको केही दिनपछि यो दुर्घटना भएको हो । उक्त दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा रूसी वायु सुरक्षाले गल्तीले विमान खसालेको सङ्केत गरिएको थियो ।

यसैबीच शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अजरबैजानका नेतासँग माफी मागेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच जारी तनावबीच दुर्घटनाको पछाडि केही षड्यन्त्र हुन सक्ने आशङ्का गरिएको छ ।

आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको आपतकालीन अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सुङ मोकले राहत र उद्धारका लागि सबै सम्भव कदम चाल्न निर्देशन दिएका छन् । केही बेर अघि मोक दुर्घटनास्थलमा पुगेका थिए ।

अनलाइन र सामाजिक सञ्जालमा दुर्घटनाको भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसमा धावनमार्गमा अवतरण गरिरहँदा विमान चिप्लिएर धावनमार्गबाट केही पर रहेको रहेको पर्खालमा ठोक्किएको, तत्कालै ठुलो विस्फोट भएको  र विमान आगोको गोलामा परिणत भएको देखाएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ