अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

अहिलेको सरकार असफल भए देश अराजकतातिर जान्छ : शेखर कोइराला

Shekhar-Koirala

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताए ।

सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको उनले बताए । नेता कोइरालाले संविधानमा केही सुधारहरू गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबिच सक्रियतापूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूसँग समन्वय गरेर संशोधन गरिने बताए ।

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने भन्दै उनले देश अराजकतातिर जान नदिन सबै गम्भीर हुनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ