स्याङ्जाका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् ।
सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।
तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका थिए । उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।
उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् ।रासस
सम्बन्धित खबर
स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री
अर्जुनचौपारीका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
स्याङ्जा कारागारमा दुई गुणाभन्दा बढी कैदीबन्दी
जन्मोत्सवमा विद्यालयमा अक्षयकोष स्थापना
सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
यो पनि पढौँ
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो