मनाङेका सहयोगी टीका भण्डारी पक्राउ

मनाङेका सहयोगी टीका भण्डारी पक्राउ

Tika-Bhandari

काठमाडौँको लाजिम्पाटमा एक व्यवसायीमाथि आक्रमण गरेको आरोपमा डिल्लीबजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेका  सहयोगी टीका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीलाई शनिबार जिल्ला प्रहरी परिसर काठमाडौको विशेष टोलीले नियन्त्रणमा लिएको हो । लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहसँग उनको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

यसअघि लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ