युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४ मा छात्रातर्फ अमरसिंह मावि र छात्रतर्फ बाराही मावि प्रथम भएको छ ।
पाँच विद्यालयबीच भएको उक्त प्रतिस्पर्धामा छात्रातर्फ अमरसिंह माविले कन्या माविलाई १–० गोलले हराउँदै विजेता बनेको हो । छात्रतर्फ भने बाराही माविले शितला माविलाई ट्राईब्रेकरमा ३–२ गोलले हराउँदै विजेता बनेको हो ।
छात्रातर्फ अमरसिंह मावि बाराही माविलाई हराउँदै फाइनलमा पुगेको थियो भने कन्या माविले शिवशक्ति माविलाई हराउँदै फाइनमा पुगेको थियो । छात्र तर्फ भने शितला माविले अमरसिंह माविलाई हराउँदै फाइनल पुगेको थियो भने बाराही माविले शिवशक्ति माविलाई हराउँदै फाइनल पुगेको थियो ।

युनिकनले विगत ६ महिनादेखि पाँच विद्यालयलाई निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबल खेलमा अघि बढाउनको लागि फुटबल फोर फ्युचर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
विशेषगरी छात्राहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा एक सय ४४ छात्राछात्रको सहभागिता रहेको छ भने ८५ जना छात्राहरुको सहभागिता रहेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा एन्फाबाट ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आएका छन् ।
यस प्रतियोगितामा छात्रातर्फ कन्या माविको केशु घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि अमरसिंह माविका छात्रा अनुजा तामाङ र धेरै गोलकर्ताको रुपमा सिम्रिका बस्ताकोटी घोषित भएका छन् ।
त्यस्तै, छात्रतर्फ बाराही माविका समिर क्षेत्री उत्कृष्ट खेलाडी र शिव राउत उत्कृष्ट गोलकिपर घोषित भए भने उच्च गोलकर्ता शितला माविका सविन गुरुङ बनेका थिए ।
सामुदायिक विद्यालयका छात्राछात्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउण्डमा खेलको अनुभव प्रदान गराउने र फुटबल खेलप्रति थप हौसला बढाउने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो