पोखरामा सातौँ ‘टुर दी पोखरा’ साइकल र्याली सम्पन्न भएको छ । ‘स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल’ भन्ने मूलनारासहित साइकल सिटी पोखराले शनिबार साइकल र्याली आयोजना गरेको हो ।
साइक्लिङका माध्यमबाट मानव स्वास्थ्यको रक्षा,वातावरण संरक्षण तथा पर्यटन प्रर्वद्धनमा योगदान दिने उद्देश्यसहित पोखरामा सातौँ टुर दि पोखरा साइकल र्याली आयोजना गरिएको हो ।
पोखराको सभागृह चोकबाट शुभारम्भ भएको टुर दी पोखरा साइकल र्याली कार्यक्रमलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले मुख्य प्रायोजन गरेर सहयोग पुर्याएको साइकल सिटी पोखराले जनाएको छ ।
७ औं ‘टुर दि पोखरा’ साइकल र्याली कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले स्वास्थ्य, वातावरण तथा पर्यटन प्रर्वद्धनका लागि साइकल ¥याली कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए ।

उनले साइक्लिङका माध्यमबाट ईन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधै चुस्त र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउन साइकल ¥याली कार्यक्रम फलदायी रहने बिश्वास व्यक्त गरे । मन्त्री थापाले वातावरण र पर्यटनका लागि हुने यसप्रकारका कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले सधै सहयोग र सहकार्य गर्ने बताए ।
स्वास्थ्य, वातावरण र पर्यटनका लागि पोखरामा सन् २०१२ देखि साइकल सिटी पोखराले निरन्तर साइकल र्याली गर्दै आइरहेको अध्यक्ष श्यामकृष्ण श्रेष्ठ जानकारी दिए । उनले पर्यावरणको रक्षा, मानव स्वास्थ्यलाई सन्तुलित राख्न र साईक्लिङका माध्यमबाट गण्डकी प्रदेशको पर्यटन विकासमा सहयोग पुर्याउन कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।
७ औं ‘टुर दि पोखरा’साइकल र्याली कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष एवं साइकल सिटी पोखराका आजिवन सदस्य तथा सल्लाहकार मोहनसिंह लालचनले साइकलङ र्यालीका माध्यमबाट पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने प्रसस्तै आधारहरु रहेको दाबी गरे ।

पोखरामा आयोजित ७ औं ‘टुर दी पोखरा साइक्लिङ र्यालीमा काठमाण्डु, भक्तपुर, ललितपुर, स्याङ्जा, मुस्ताङ, पोखरासहित केही विदेशीको समेत सहभागिता रहेको जनाइएको छ ।
र्यालीमा करिव ५ सय बढी साईकलिस्टले स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनात्मक सन्देशसहित पोखरा बजार परिक्रम गर्यो । पोखरा सभागृह चोकबाट सुरु भएको टुर दि पोखरा साइकल र्यालीले पृथ्वीचोक, अमरसिंह चोक, रामबजार, महेन्द्रपुल, बगर, जिरो किलोमिटर, सृजनाचोक हुँदै पुनः सभागृह चोकमा पुगेर अन्त्य भएको थियो ।
र्याली अघि साइक्लिङमा योगदान दिएका पोखरा १६ बाटुलेचौरका ८४ वर्षका फौदबहादुर बस्नेत क्षेत्री लगायत विभिन्न व्यक्तिहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मानसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सम्बन्धित समाचारः
८४ वर्षसम्म साइकल चलाउने बस्नेतलाई ‘टुर दी पोखरा’ मा सम्मान
सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो