पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो।
बिहिबार दिउँसोदेखि सुरु भएको रविको वयान शुक्रबार दिनभरै लिइएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। सूर्यदर्शन सहकारीको मुद्वामा तीन जना प्रतिवादीको वयान सकिएको उनको भनाइ छ।
यसअघि छविलाल जोशी र लिला पछाईंको बयान लिइएको थियो। रविको पनि बयान सकिएसँगै तीन जनाको बयान सकिएको छ।
सो मुद्दामा अझै केही बयान बाँकी छ । बाँकी बयान र थुनछेक बहस आगामी साता हुने अदालतले जनाएको छ ।
अब ४ जनाको वयान बाँकी छ। सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, सूर्यदर्शनकी पूर्वउपाध्यक्षरहेकी एमालेकी पूर्वसांसद मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान बाँकी छ।
उनीहरु अहिले कास्की प्रहरीको हिरासतमा छन्। आइतबारदेखि उनीहरुको वयानले निरन्तरता पाउनेछ। वयान सकाएपछि थुनछेक बहस र आदेश हुने स्रेस्तेदार खनाल बताउँछन्। अब थुनछेक बहसपछि अदालतले उनलाई साधरण तारेख वा धरौटीमा छाड्ने तथा थुनामा पठाउने आदेश दिनेछ।
जीबीलाई ल्याउन खोज्दै थिएँ, तर सरकार ढल्यो: रवि
रविले बिहीबार बयानको क्रममा सहकारीको एक रुपैयाँ पनि नखाएको बताएका थिए। उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका थिए।
बयानको क्रममा लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले सम्पत्ति शुद्धीकरण अभियोगमाथि केन्द्रित रहेर शुक्रबार लिएको बयानमा लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक नरहेको दाबी गरे ।
गृहमन्त्री हुँदा जीबीलाई समाउने आफूले सक्दो प्रयास गरेको बयान दिएका उनले जीबीलाई ल्याउन लाग्दा सरकार ढलेको पनि बताए । ‘जीबीलाई ल्याउन खोज्दै थिएँ । तर, सरकार ढल्यो,’ रविले बयानमा भनेका छन् ।
सहकारीको पैसा कहाँ गयो, कसरी खर्च भयो भन्ने उनैलाई सोध्न पाएको भए खुलस्त हुने थियो भन्दै रविले जीबी कहाँ छन् भनेर पत्ता लगाएर ल्याउने तयारी गरिरहँदा सरकार ढलेको बताएका हुन् ।
‘म राम्रो पारिश्रमिकमा ग्यालेक्सी टिभीमा गएको थिएँ, कर तिरेर कानुनबमोजिम पारिश्रमिक मेरो खातामा आएको हो, अन्य पैसा आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन,’ उनले बयानमा भने । ७ पुसमा दायर मुद्दामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ ।
लामिछानेले आफ्नो खातामा आउने–जाने गरेको बैंक ट्रान्जेक्सन देखाएर २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण चलाइएको बताए । ‘आफ्नै एउटा खाताबाट अर्काे खातामा सारेको, वालेटबाट खाता र खाताबाट वालेटमा गएको पैसा पनि जोडेर हिसाब निकालिएको छ,’ सम्पत्तिको स्रोतको विवरण न्यायाधीशलाई देखाउँदै लामिछानेले भने, ‘घरपरिवारको खातामा पठाएको, फेरि परिवारको खाताबाट मेरोमा आएको पैसा पनि जोडिएको छ ।’
लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको बताए । ‘गोर्खा मिडियामा आर्थिक कारोबार गर्ने अधिकार सबै अध्यक्ष जिबी राईको थियो । उनकै निर्देशनमा कारोबार भएको हो । म प्रबन्ध निर्देशक थिएँ, लगानीको सबै जिम्मेवारी जिबीको हो, मलाई जानकारी भएन,’ लामिछानेले भने, ‘जसको लगानी थियो, उसैको आदेशको पालना गरेर चेक काटेको हुँ । जिबी बाहिर भएका वेला कतिपय चेक मेरो नामबाट काटिएका छन्, ती चेक काटेको होइन कि मालिकको आदेश पालना गरेको हो ।’
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की