पालिकाभर सार्वजनिक बिदा दिएर अस्पताल उद्घाटन !

पालिकाभर सार्वजनिक बिदा दिएर अस्पताल उद्घाटन !

sp kp

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा निर्मित अस्पताल नगरपालिकाभर सार्वजनिक बिदा दिएर उद्घाटन गरिएको छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ५० शय्याको बुर्तिबाङ अस्पतालको शुक्रबार उद्घाटन गरे । मुख्यमन्त्रीसहित गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, प्रदेश सभा सदस्य द्रोण कुँवरलगायत उक्त कार्यक्रममा सहभागी थिए ।

तत्कालीन बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० बेडको प्रादेशिक अस्पताल बनाइएको र त्यसैको भवन उद्घाटन हुने खुसीमा बिदा दिइएको नगरपालिकाका कार्यबहाक मेयर धनबहादुर कायत बताए ।

नगरकार्यपालिकाको मंसिर १८ गते बसेको बैठकको निर्णयअनुसार अस्पताल उद्घाटन गर्न पालिकाभर सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र गैरसरकारी कार्यालयलाई स्थानीय बिदा दिइएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बिहीबार सूचना नै निकालेर स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ