गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ४ स्थित श्री ध्रुुव माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले स्थानीय उत्पादनका विषयमा विद्यार्थीलाई समेत जानकारी हुनुपर्ने उल्लेख गरे ।
प्रदेश सरकारले शिक्षामा सुधार ल्याउन नयाँ कार्यक्रमहरु ल्याएको र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “सिक्दै कमाउदै कमाउदै सिक्दै, फ्राइडे फर फ्युचर, अभिभावक शिक्षा जस्ता महत्वपूर्ण कार्यक्रमहरु शिक्षाको क्षेत्रमा प्रदेश सरकारले ल्याएको छ । यसको कार्यान्वयमा सबै विद्यालयहरु लाग्नुपर्ने छ । परिणाम आउने गरि नै यहाँहरुले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गर्दछु ।”, उनले भने ।
मन्त्री थापाले शिक्षामा सुधार ल्याउन मापदण्ड सरल र सहज बनाइने बताए । उनले स्थानीय पालिकाको सहकार्यमा नै शिक्षा क्षेत्रलाई सुदृृढ बनाउन सकिने उल्लेख गरे ।
विद्यालयको शैक्षिक प्रगतिका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयमा हाल १७० जना विद्यार्थी रहेको बताए । विद्यालयले स्थानीय स्रोत साधनको उपयोग गर्दै उत्पादनसँग पनि विद्यार्थीलाई जोडेको उनले उल्लेख गरे । विद्यालयमा खेलकुुद मैदान र यातायातको समस्या भएको र त्यसको परिपूर्तिमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थी एवम् भूगर्भ विद डा. सोमनाथ सापकोटाले नेपालमा साइन्स पढ्ने वातावरण घट्दै गएको बताए । मादीको केन्द्रमा पालिका स्तरिय साइन्स क्याम्पसको आवश्यक रहेको भनाई उनको छ । शैक्षिक स्तरमा सुधार ल्याउन सबै सचेत हुुनुपर्ने उनले उल्लेख गरे ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण