न्याश्नल इन्भेन्टिभमा स्वास्थ्य शिविर

२५ औं वार्षिकोत्सव

न्याश्नल इन्भेन्टिभमा स्वास्थ्य शिविर

national invantive

पोखरा बैदामस्थित न्याश्नल इन्भेन्टिभ आवासीय माविको २५ औं वार्षिकोत्सव सन्दर्भमा स्वास्थ्य शिविर भएको छ ।

दीर्घायु अस्पताल पोखराको सहकार्यमा भएको शिविरमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नाक, कान, घाँटी तथा दाँत सम्बन्धी परीक्षण गरी लाभ लिए ।

त्यस अवसरमा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विद्यार्थीलाई स्वास्थ्य परामर्श दिए शिविरमा दीर्घायु अस्पताल पोखराका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.डिवी लामिछाने, दन्तरोग विशेषज्ञ डा.दीक्षा क्षत्री, अस्मिता खाँड शाही, प्रतीक्षा बस्नेत, डा. दिलीप कँुवर, स्वस्तिका केसी, सरु राना, पूनम नेपालीका साथै सहयोगीहरु ऋतिक चुवार्इं र मुक्त मालाले परीक्षण तथा सहजीकरण गरे ।

विद्यालयका प्राचार्य उमा लामिछानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ