नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वअध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन्।
चितवनमा प्रेस चौतारीले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।
‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु।’
महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए।
‘नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन। उहाँ सचेत नागरिक हो। पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन्। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ?,’ उनले भने।
पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए।
त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए।
‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं। महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,’ उनले भने।
तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए।
‘त्यसकारण उहाँ आफै निस्किनुभएको हो भन्ने बुझ्छु। बाँकी कुरा प्रक्रियाको मात्रै हो,’ उनले भने।
सम्बन्धित खबर
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
घरबाटै पक्राउ परे रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो
दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा
कुलमानले भने: ‘एउटा मन्त्रीको गलत नियतले संस्था लथालिंग हुने अवस्था छ’
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर