माओबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ: प्रचण्ड

माओबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ: प्रचण्ड

Mao-Parchanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका कम्युनिस्ट नेता माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

माओको जन्म दिवसका अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले माओबाट प्रेरणा लिँदै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेकोमा जोड दिएका हुन् ।

‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाएको भन्दै प्रशंसा गरेका छन् ।

‘कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ,’ उनले भनेका छन् ।

माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात सन् १८९३ डिसेम्बर २६ मा भएको थियो ।

प्रचण्डले माओकै पदलाई पछ्याउँदै नेपालमा १० वर्षसम्म जनयुद्ध गरेका थिए । उनी नेतृत्वको तत्कालीन नेकपा (माओवादी) विसं २०६३ मा शान्ति प्रक्रियामा आएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क


This will close in 4 seconds