नेकपा एमालेको साधfरण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका नेता भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
निर्णयलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीतापूर्ण भएको टिप्पणी गरेका हुन्। उनले ओलीको यस्तो निर्णयबाट आफूलाई कुनै असर नगर्ने जनाएका छन्।
आफूले ओलीले गरेका संविधान र राष्ट्रहित विपरीतका कामको विरोध गरेकाले आफूमाथि कारबाही गरिएको आरोप लगाए। तीन वर्षअघि चितवनमा भएको महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएकोमा आफूमाथि त्यसको रिस फेरिएको उनको भनाइ छ।
गल्ती गरेकै थिएनौं, रियलाइजेसन गर्ने कुरै भएन नि : विन्दा
नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले आफूले नगरेको गल्तीको सजाय दिने काम भएको बताएकी छन् ।
व्यापारीबाट दानमा केन्द्रीय कार्यालय लिने निर्णयलाई गलत भन्ने आफ्नो अभिव्यक्ति सच्याउन आवश्यक नरहेको उनको तर्क छ ।
‘नागरिकको बीचमा ठाडो शीर गरेर ‘म नेकपा एमालेको सदस्यले मेरो पार्टी कार्यालय मै बनाउँछु’ भन्ने निर्णय पार्टीले गरेको थियो । त्यही आधारले अगाडि बढ्नुपर्छ भनेर कुरा उठाएको हो’, पाण्डेले भनिन्, ‘त्यसले गर्दा गल्ती गरेका थिएनौं त, रियलाइजेसन गर्ने कुरै भएन नि ।’
पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण
नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।
पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिमल्सेनाले बुधबार साँझ सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेको छु’ उनले लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ ।’
पार्टी नेतृत्वविरुद्ध कटाक्ष गर्दै उनले अगाडि लेखेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’
केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएपछि तिमल्सेनासहितका नेताहरूलाई गत ४ कात्तिकमा एमालेले स्पष्टीकरण सोधेको थियो ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो