६७ जना सवार विमान काजाकस्तानमा दुर्घटना

६७ जना सवार विमान काजाकस्तानमा दुर्घटना

Plane-crash

पोखरा । कजाकस्तानको अक्ताउ शहरमा अजरबैजान एअरलाइन्सका यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य बोकेको जहाज बुधबार काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई अस्पताल लगिएको काजाकस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ ।

विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको खबरमा उल्लेख छ । अहिले विमानमा लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन् ।

अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ