पोखरामा टाइगर कप भलिबल माघ दोस्रो साता

पोखरामा टाइगर कप भलिबल माघ दोस्रो साता

volleyball pokhara

टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप भलिबल प्रतियोगिताको पाँचौ संस्करण माघको दोस्रो साता हुने भएको छ ।

टाइगर ग्रुप ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप गर्दै आएको छ । खेल माघ १२ गते देखी १९ गते सम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने  छ ।

गत वर्ष पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदशेलाई ३–१ को सेटमा हरायो  थियो । त्यसै गरी महिलातर्फको उपाधि एपिएफले जितेको थियो  । फाइनल खेलमा एपिएफले चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ