पोखरा । विगतमा पनि जाडो याममा चलेको चिया पिउँदै समाजसेवा अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
पहिलो पाईला नेपाल, पोखरा शाखाले चिया पिउँदै समाजसेवा अभियान पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु गरेको हो । पोखराका विभिन्न ठाउँहरुमा २० दिनसम्म कार्यक्रम चल्ने शाखाको पूर्व अध्यक्ष तथा केन्द्रिय कार्यसमिति सदस्य रञ्जित दनैले जानकारी दिए ।
यस अभियानबाट संकलित रकम दुर्गम भेगका निम्न वर्गका विद्यार्थीका लागि प्रदान गरिने उनले जनाए । ‘जो शिक्षाको उज्यालोबाट बञ्चित हुनुहुन्छ, उहाँहरुलाई विद्यालयसम्म पुर्याउने र त्यहाँ पढ्ने वातावरण सिर्जना गर्नु नै अभियानको उद्देश्य हो ।’ – दनैले भने – ‘विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अर्थात् झोलाभित्र सम्पूर्ण शैक्षिक सामाग्री, टिफिन बाकस, रुमाल आदि वितरण गरिनेछ ।’
जाडोको समयमा एक सरो न्यानो कपडा फेर्न नसक्नेहरुका लागि ‘न्यानो माया अभियान’ अन्तरगत टोपी, स्विटर, ट्रयाक सुट र न्यानो कपडा किन्न प्रदान गरिने उनले जनाए ।
कार्यक्रमको संयोजन पुजा बास्तोलाले गरेकी छन् ।
संस्थाका अध्यक्ष केनुका थापा अनुसार यसअघि पनि संस्थाले विभिन्न ठाउँहरुमा विभिन्न शैक्षिक अभियान, भाग्य बोक्ने झोला अभियान, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम र दैवीप्रकोप बाढी, पहिरो, भुकम्पको बेला राहत र उद्धार गर्दै आएको छ ।
सम्बन्धित खबर
‘चिया पिउँदै समाजसेवा’ अभियान निरन्तर
पोखरेलीको करबाट जनप्रतिनिधिको सन्तानलाई डाक्टर पढाउने निर्णयबाट पोखरा महानगर पछि हट्यो
पोखरामा ‘जिकर’ को पहिलो ग्राहक कुवँरलाई ‘की ह्यान्डओभर’
इन्फर्मेटिक्स कलेज पोखराका १३० विद्यार्थी दीक्षित
प्रतिभा माविमा फुटसल प्रतियोगिता सुरू
विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा आइडल’
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार