पेट्रोल पाइप लाइनबाट आयात हुने, परीक्षण सफल

सहजता

पेट्रोल पाइप लाइनबाट आयात हुने, परीक्षण सफल

मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना

pipeline-petrol

काठमाडौँ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।

यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मट्टितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको हो । नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल ल्याउन लागेको जनाएको छ ।

मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो ।

निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट पेट्रोल ल्याउन परीक्षण सफल भएकाले आगामी जनवरीको पहिलो सातादेखि पेट्रोल ल्याउने तयारी गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ