गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।
काठमाडौँको जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल लगेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील थिइन् ।
सम्बन्धित खबर
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार
मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
सहकारी ठगी आरोपमा अभियन्ता भरत जंगम पक्राउ
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै
रविको हिरासत फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु