रविको सांसद पद निलम्बनका लागि संसद सचिवालयमा पुग्यो पत्र

रविको सांसद पद निलम्बनका लागि संसद सचिवालयमा पुग्यो पत्र

rabi lamichhane samsad

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै रास्वपाका सभापति रवि लामिछाने को सांसद पद निलम्बनका लागि पत्र संसद सचिवालयमा पुगेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयमा आइपुगेको संसद सचिवालयले जनाएको छ ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ