पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ ।
संस्थाको हालै सम्पन्न बैठकले यो वर्ष एक संस्थासहित छ जनालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यो वर्ष सम्मानित हुने स्रष्टामा शिक्षासेवी जोर्ज जोन, चतुरमान श्रेष्ठ, स्वास्थ्यसेवी प्रा.डा. देशराजबहादुर कुँवर, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, धर्मराज बाँस्तोला र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल रहेका छन् ।
शिक्षा तथा समाजसेवी टीकाराम बास्तोलाको परिवारद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष माघ ८ गतेका दिन प्रतिष्ठानले सम्मान कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ ।
बाँस्तोलाका सुपुत्रद्वय डा. दिनेश बाँस्तोला र ई. रमेश बाँस्तोलाको पहलमा बाँस्तोला परिवारद्वारा स्थापित अक्षयकोषबाट यस अगाडि विभिन्न स्रष्टा, साथक तथा संस्था नगदसहित सम्मानित भइसकेको प्रतिष्ठानका सचिव परशुराम अधिकारीले जानकारी दिए ।
पुरस्कार कोषका संस्थापक डा दिनेश बाँस्तोलाले अभिभावकले पु¥याएको योगदानको स्मरणका साथै जननी र जन्मभूमिको ऋण तिर्न नसके पनि आत्मसन्तोषका लागि शिक्षा तथा समाजसेवीलाई प्रोत्साहन गर्दै आएको बताए ।
संस्थाले सम्मानपत्र, दोसल्ला र ११ हजार नगद राशिसहित सम्मान गर्दै आएकोमा कोषबाट आर्जित ब्याज र परिवारको सहकार्यमा हरेक वर्ष पुरस्कारको राशि वृद्धि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला